नेपाल खुला दिसा मुक्त राष्ट्र घोषणा गरीने
प्रकाशित मिति
२०७६ भाद्र २२ गते, आईतवार ०९:४६

२० भदौ, सिन्धुपाल्चोक । प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिनुभयो । उहाले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भैरहेको बताउनु भयो । मेलम्ची आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरुको माग सरकारले छिट्टै समाधान गर्ने उहाको भनाई छ ।
सिन्धुपाल्चोक जिल्लामा पर्ने चौतारा साँगाचोक गढी नगरपालिकामा १४ हजार १ घरधुरी, बाह्रबिसे नगरपालिकामा ७ हजार ९ सय ९६, मेलम्ची नगरपालिकामा १३ हजार ४ सय २१ घरधुरी, बलेफी गाउँपालिकामा ६ हजार ५४, पाँचपोखरी गाउँपालिकामा ७ हजार ३ सय ५९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ हजार ३ सय ७६, इन्द्रावती गाउँपालिकामा ८ हजार ९, लिसंखुपाखर गाउँपालिकामा ५ हजार ३ सय ७६, भोटेकोशी गाउँपालिकामा ४ हजार २ सय २६, सुनकोशी गाउँपालिकामा ५ हजार ७ सय ४९, जुगल गाउँपालिकामा ५ हजार ६ सय ६६ र हेलम्बु गाउँपालिकामा ५ हजार ४ सय २२ घरधुरीहरु रहेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिनुभयो ।
प्रतिकृया