• 7:19 pm

जापान जानका लागि भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनु पर्ने

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०४:२५

काठमाडौँ, भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउने नेपाली कामदार मात्रै स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न आउने छन् र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन त्यस्तै गरी कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल एक महिना पछि आउनेछ ।

परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ । आगामी अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ मा जापानिज भाषा र सीप मूल्यांकन परीक्षा हुने जनाएको छ ।

प्रतिकृया