• 9:07 pm

विभिन्न कम्पनीका ५६ थान मोबाईल र ६२ हजार भन्दा बढी नगदसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०४:१२

भक्तपुर, विभिन्न कम्पनीका मोबाईल र नगदसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार महानगरीय प्रहरी वृत्त जगातीको टोलीले पकउ गरेको हो ।

सुर्यविनायकनगरपालिका –५ पाण्डुबजार स्थित सडकमा संकास्पद रुपमा हिडिरहेका जिल्ला भक्तपुर चाँगुनारयण नगरपालिका –६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछानेलाई प्रहरीले सोधपुछ गरी चेकजाँच गर्दा विभिन्न कम्पनीका विल भरपाई नभएका मोबाईल सेट १० थान बरामद गरी उनलाई प्रहरी वृत्त जगातीमा ल्याई अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा जिल्ला सर्लाही मंलगवा नगरपालिका –४ का हाल काठमाण्डौ महानगरपालिका –३२ गैरीगाउँ बस्ने २३ वर्षिय रंजित कुमार पंडितको कोठाबाट विना बिल भरपाई विभिन्न कम्पनीका मोबईल सेट ४२ थान र नगद रु ५५,०००/-( पचपन्न हजार ) र भारतीय नागरीकLs X/1233 GALI NO-1 RAJGARH COLONI, GANDHI NAGAR, NEW DELHI-110031 का हाल काठमाण्डौ म.न.पा.–५ बालकुमारी बस्ने ३३ वर्षिय सत्य प्रकाशको कोठा तथा उनले प्रयोग गर्ने भारतिय नम्बर प्लेट DL 1CZ4553 कारबाट विभिन्न कम्पनीका विल र भरपाई नभएको ४ थान मोबईल र समसुङ्गका ब्याट्री, डिस्पेले तथा भारतीय रुपिया ४,८४०/-(चार हजार आठ सय चालिस रुपियाँ ) र विभिन्न कम्पनीका मोबाईल फोन सहित नियान्त्रणमा लिएको थियो ।

उनीहरु तीनै जनासंग जम्मा ५६ थान मोबाईल र नगद रु ६२,७४४र– बरामद गरेको छ । जगाती भक्तपुरमा राखी सम्मानित जिल्ला अदालत भक्तपुरबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी वृत्तले जनाएको छ ।

प्रतिकृया