• २० भदौ २०८३, शनिबार
  • १ः३५ दिउँसो

रवि लामिछानेद्धारा उच्च अदालतमा निवेदन दर्ता

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०४:५६

काठमाडौँ, न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भनी उच्च अदालत  हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् ।

National Life

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित अर्का सञ्चारकर्मी युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको आदेशमा चित्त नबुझेको भन्दै हेटौंडामा आज निवेदन दर्ता गराएका हुन् ।

फौजदारी संहिता २०७४ को दफा ७३ बमोजिम चितवन अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्धा पुर्पक्ष गरि पाउँ भन्ने निवेदनमा उल्लेख छ । उक्त निवेदन उपर बुधबार प्रारम्भिक सुनुवाई गर्ने जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया