• 11:45 am

जापान उडान अब साताको दुई दिन मात्र

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०४:२३

काठमाडौं, यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले यात्रु कम भएपछि जापान उडान कम गर्ने भएको छ ।

वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान गरेको निगमले तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो ।

निगमले अब सातामा मंगलबार र शनिबार २ दिन मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मंगलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो ।

ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् ।

प्रतिकृया