• २ असोज २०८३, शुक्रबार
  • ४ः१९ बेलुका

हङकङमा तरुण दलका उपाध्यक्ष चापागाइँद्वारा भेटघाट

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ११:०२

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले हङकङमा रहेका विभिन्न संघ संस्था र नेपालीहरूले राखेका कार्यक्रममा सहभागिता भएका छन् । शनिबार हङकङ आइपुगेका उपाध्यक्ष चापागाइँ भेटघाट र कार्यक्रमहरूमा सहभागी भएका हुन् ।उनले विदेशमा रहेर नेपाल र नेपालीप्रति माया तथा सद्भाव देखाउनेहरूप्रति धन्यावाद दिदै हङकङमा बसेर नेपालमा दुःख कष्ट पर्दा आर्थिकका साथै भौतिक सहयोग गर्ने गरेकोमा उनले हङकङमा रहेका नेपालीहरूको प्रशंसा गरेका छन् ।

National Life

नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले हङकङ नेपाली महासंघ, माछापुच्छ्रे ध्याचोक समाज कास्की (गुरुङ समुदाय), पर्वत क्लब हङकङ, हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, एनआरएनए हङकङका अध्यक्षसहितको टिम, क्षेत्री समाज हङकङ, नेपाली कांग्रेस जनसम्पर्क समितिका वर्तमान र पूर्व सभापतिहरूसँग भेटघाट र परामर्शहरू गरेका छन् ।उपाध्यक्ष चापागाइँले टंक राना, पूर्वसभापतिहरू प्रदीप थापा, रीता गुरुङ, जगत शाह, बसन्त श्रीनेट, सन्तोष घले, समाजसेवी हैजन राई, एनआरएनएका पूर्वअध्यक्ष दुर्गा गुरुङ लगायत विभिन्न व्यक्तित्वसँग भेट गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया