• १ असोज २०८३, बिहीबार
  • ३ः४२ राती

सुदूरपश्चिमबाटै एमबीबीएस गर्दै विद्यार्थी

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०९:२९

धनगढी । वार्षिक १२० जना चिकित्सा विज्ञानका विद्यार्थीले सुदूरपश्चिम प्रदेशबाटै अब एमबीबीएस गर्न पाउने भएका छन् । नेपाल सरकारको स्वामित्वमा कैलालीको गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा अध्ययनका लागि कलेज, अस्पताल, छात्रावास निवासलगायत भवन निर्माणलाई तीव्रता दिएपछि केही समयभित्रै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएसका कक्षाहरू सञ्चालन हुने मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति, गेटा कैलालीले बताएको छ ।

National Life

सुदूरपश्चिम प्रदेशवासीले २ दशकदेखि मेडिकल कलेज स्थापनाको माग गर्दै आए पनि आव २०७४र७५ देखि ८० रोपनी क्षेत्रफलमा छुट्टाछुट्टै सात निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेर विभिन्न प्रयोजनका लागि पहिलो चरणमा २७ ओटा भौतिक संरचनाको निर्माण भइरहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनीयर पवन रावलले बताउनु भयो ।

प्रतिकृया