• २ असोज २०८३, शुक्रबार
  • ७ः३४ बेलुका

भर्ती केन्द्र बन्यो लुम्बिनी विकास कोष

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०७:२६

बुद्द जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ ।

National Life

यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्तिकेन्द्र रिझाउन हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तीको असर कर्मचारी चयनमा पर्ने गरेको हो ।
(माधव ढुंगाना)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया