• २ असोज २०८३, शुक्रबार
  • २ः३० दिउँसो

नवनियुक्त चार देशका राजदूतद्धारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ११:४०

काठमाडौँ, नवनियुक्त चार देशका राजदुतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।

National Life

राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा नेपालका लागि रसियन राजदूत एलेक्से ए. नोभिकोभ, लक्जम्बर्गका राजदूत जेन क्लाउड कुगेनर, गणतन्त्र लिथुआनियाका राजदूत जुलियस प्रानेभिसियस र कुबेतका राजदूत जासेम इब्राहिम अल्नाजेलले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । समारोहमा चारैजना राजदूतहरुलाई शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

 

 

 

प्रतिकृया