• २ असोज २०८३, शुक्रबार
  • ३ः०० दिउँसो

सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ : प्रवक्ता शर्मा

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार १२:१८

पोर्चुगल, नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताउनु भएको हो।

National Life

काङ्ग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने र साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उहाँको जोड थियो । “सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ”, उहाँले भन्नुभयो ।

राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया