• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ११:१४

काठमाडौं, आज सुनचाँदीको मुल्य बढेको छ । केही दिन स्थिर रहेको सुनचाँदीको मूल्य आज फेरी बढेको हो । आज सुन प्रतितोला १ हजार र चाँदी १० रुपैयाँले बढेको छ । आज पनि सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको छ भने चाँदीले पनि उच्च रेकर्ड बनाएको छ ।

National Life

शुक्रबार प्रतितोला ७० हजारमा कारोबार भएको छापावाला सुन आइतबार १ हजारले बढेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि १० रुपैयाँले बढेर आज प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया