• २ असोज २०८३, शुक्रबार
  • ५ः१० बेलुका

भक्तपुर अब दिपावली झैं उज्यालो हुनेछ : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०८:१६

भक्तपुर, तिव्र विकास र समृद्धिको बाटोमा अघि बढेको भक्तपुरमा उज्यालो भक्तपुर अभियानको शुभारम्भ भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्य्विनायक नगरपालिका वडा नं. ७ को गुण्डु चोकबाट खहरेसम्म करिव २ किलोमिटर दुरीमा सडक सोलार बक्तिको शुभारम्भ गर्नुभएको हो ।
चिनिया कम्पनी ग्यान्सु नेचुरल इनर्जी कम्पनीको करिव २५ लाखको सहयोगमा ३० वटा जडान गरिएको उक्त सडक सोलार बक्ति लगानी सम्मेलनमा गरिएको प्रतिवद्धता अनुसार सहयोग गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘तिहारमा मात्र उज्यालो बनाई दिपावली मनाउने परम्परा रहेको तर अबका दिनमा भक्तपुर सधै उज्यालो हुनेछ । भक्तपुरको गुण्डु मर्निङ वाक गर्नेमात्र नभई अबका दिनमा इभिनिङ वर्क गर्ने ठाउँको रुपमा परिचित हुने छ ।’ भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको अर्को महत्वपूर्ण कार्यको रुपमा रहेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा सेवा गरेका व्यक्तिहरुले काम गरेको बताउनुभयो ।

National Life


कार्यक्रममा बोल्दै सांसद बस्नेतले हिजो भक्तपुर विकास खोज्दै विभिन्न ठाउँमा धाउथ्यो भने अहिले विकासले भक्तपुरलाई खोज्न थालेको बताउनुभयो । उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग भएको अनौपचारिक सम्वादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुवात भएको बताउनुभयो ।
विगतमा धेरै बर्षदेखि लोडसेडिङ लगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य बासिन्दाका निम्ति सधैं तिहारको दिपावली जस्तो उज्यालो दिएको बताउँदै सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रममा १ महिनासम्म लाग्नुभएको युवाहरुले स्वयंसेवी रुपमा बत्ति जडान कार्यमा लागेको धन्यवाद ज्ञापन गर्नुभयो ।


कार्यक्रममा सूर्य्विनायक नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान अन्तर्गत यो कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया