• २ असोज २०८३, शुक्रबार
  • ३ः२८ दिउँसो

गौडाकोट दुर्घटना अप्डेट, एकको मृत्यु चार घाईते

प्रकाशित मिति

२०७६ श्रावण २५ गते, शनिबार ०७:०८

गुल्मीको दरवार गाउँ पालिका वडा नम्बर तीन गुम्टेमा डबल क्याप जिप दुर्घटना भई घाईते भएका पाँच जना मध्ये एक जनाको ज्यान गएको छ। छत्रदेव गाउँपालिका ७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको उपचारको लागी पाल्पा लैजादै गर्दा राजा भन्ने ठाउँमा ज्यान गएको हो ।

National Life

गौंडाकोट देखी तम्घास जादै गरेको लु १ च ५४५५ नम्बर को जिप दुर्घटना भएको शृङा प्रहरीका चौकीले जानकारी दिएको छ । रेसुङ्गा नगरपालिका ३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका १२ का शेर बहादुर बिक र अर्घाखाँची छत्रदेव गाउँपालिका ७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेयलाई उपचारका लागि पाल्पा रिफर गरिएको छ ।

प्रतिकृया