• ३ असोज २०८३, शनिबार
  • ७ः५६ बेलुका

लडेर दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २५ गते, शनिबार ०७:०२

इलामको माइजोगमाइ गाउपालिकामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । गाउपालिकाको केन्द्र नयाबजार बाट प्याङ जाने बाटोमा पर्ने तारेभिरबाट खसेर अन्दाजी ५० बर्षिय सेते भनेर चिनिने पुर्णबहादुर दर्जीको ज्यान गएको हो । सडकबाट २०० मिटर तल झरेका उनको प्रहरी र स्थानियको सहयोगमा शब निकालेर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल ल्याइएको छ ।
यता
अर्घाखाँचीमा ढिस्कोबाट लडेर एकजनाको मृत्युु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिकाको धारापानीमा ढिस्कोबाट लडेर २३ वर्षिय शिषिर भाटको घटनास्थलमै मृत्यु भएको हो । भुमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने २३ वर्षिय भाटको घर नजिकैको ढिस्कोमा सुकेको बाँसको किलामा अडेस लागेर उभिँदा उक्त किला जरैबाट भाँचिइ खसेर मृत्यु भएको हो । १० मिटर तल बाटो छेउको पक्की नालीमा खस्दा भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनु भयो । शवलाइ पोष्ट मार्टमको लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।

National Life

प्रतिकृया