• १९ असार २०८३, शुक्रबार
  • ४:१५ बेलुका

विद्यालय भवन निर्मा गरेर हस्तान्तरण

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार ०९:१५

भक्तपुर – सूर्य्विनायक नगरपालिका–५ मा रहेको कटुञ्जे आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको विद्यालय भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपछि शुक्रवार विद्यालयलाई भवन हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नयाँ भवनको उद्घाटन गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को ८७ लाख ७ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

त्यसैगरी सोही कार्यक्रममा सांसद बस्नेतले प्राधिकरणकै ६९ लाख रुपैयाँको लागतमा विद्यालयमा निर्माण हुन लागेको अर्को नयाँ भवनको समेत शिलान्यास गरे । कार्यक्रममा उनले भक्तपुरमा ५५ वटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको र सूर्य्विनायक नगरपालिका क्षेत्रमा मात्रै २१ वटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको बताउनु भयो । उहाले कटुञ्जेको सुशीला भैरवबाट ललितपुरको लुभू जाने, कटुञ्जेबाट बलचौर सडक, वडा कार्यालयबाट कोटडाँडा गुण्डु जाने सडक, चुनदेवी तीनधारा सडक, प्रधानमन्त्री स्वरोजगार कोषबाट कटुञ्जे तीनधारा सडक निर्माण शुरू भई यसै वर्ष कालोपत्र हुने जानकारी दिनु भयो ।

Kamana Sewa

प्रतिकृया