• ३ असोज २०८३, शनिबार
  • ७ः२१ बेलुका

मेस्सीलाई तीन महिना प्रतिबन्ध

प्रकाशित मिति

२०७६ श्रावण १८ गते, शनिबार ०९:२७

एजेन्सी । कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जे्न्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्रा्ष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलपछि उनले प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो गरिएको आरोप लगाएका थिए । खेलको ३७ औँ मिनेटमा ग्यारी मेडेलसँगको विवादपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए । उक्त खेलमा अर्जे्न्टिना २–१ ले विजयी बनेको थियो ।
दक्षिण अमेरिकी फुटबल कन्फेडरेसनले मेस्सीमाथि ५० हजार डलर जरिवानामा पनि तोकेको छ । निलम्बनविरुद्ध अपिल गर्न मेस्सीसँग सात दिनको समय रहेको छ । प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जमर्नी्बिरुद्धको मैत्रिपूर्ण खेल गुमाउने छन् । अर्जे्न्टिनाले सन् २०२० को विश्वकप छनोट मार्चबाट सुरु गर्नेछ ।

National Life

सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले पराजित भएपछि अर्जे्न्टिनी फुटबल एशोसिएसनले रेफ्रीको निर्णयमाथि प्रश्न उठाएको थियो । दक्षिण अमेरिकी फुटबल संघले उक्त आरोपको पनि खण्डन गरेको छ ।

प्रतिकृया