• २ असोज २०८३, शुक्रबार
  • ४ः४४ बेलुका

कलेजो सफा पार्ने सात खानेकुरा

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०५:०४

प्याज : प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्।

National Life

चुकन्दर र गाँजर : यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ। त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ।

ग्रीन टी: यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन।

Classic Tech Mobile
Classic Tech Desktop

हरिया सागसब्जी : कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।

ब्रोकाउली र काउली: यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ। यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ। यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ।

कागती : सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ। बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ।

बेसार : बेसारले पनि शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्छ। यसले शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ।

प्रतिकृया