• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

कक्षा १२ को नतिजा सार्वजनिकः यसरी हेर्न सकिन्छ नतिजा

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०६:००

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।सोमबार दिउँसो ४ बजे बसेको बोर्डको बैठकले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७८७४४ र आंशिक तर्फ ५७१७० विद्यार्थी सहभागी थिए ।

Kamana Sewa

यसरी हेर्न सकिन्छ नतिजा

Classic Tech Desktop

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आइिभआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.neb.ntc.np राष्ट्रिय परीक्षा बोर्डको www.moe.gov.np र नेपाल टेलिकमको www.neb.gov.np  वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ ।

यसैगरी, नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आइभिआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिकृया