• १ असोज २०८३, बिहीबार
  • १ः२८ राती

हिमालय कलेजमा कानुन विषय पढ्ने सांसद शान्ता चौधरी

प्रकाशित मिति

२०७६ श्रावण १३ गते, सोमबार ०५:०३

काठमाण्डौ, कोटेश्वर स्थित हिमालय कलेजले आज कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम काटेश्वरमै गरेको हो ।

National Life

उक्त कार्यक्रमको सभापति कलेजका प्रिन्सिपल राम हरि सिलवाल, प्रमुख अतिथि नेकपाकी सांसद शान्त चौधरी , अतिथि महेश दाहाल र नरेन्द्र अधिकारी रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै संसद चौधरी भन्नुभयो ‘सफलता पाउनको लागि संकल्प गर्न आवश्यक छ ।’ आफु ८ वर्षको हुदा देखि नै अरुको घरमा कमैया भएर बसेको सहित पिडा व्यक्त गर्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘आफु सानै देखि पढ्ने स्वइच्छा भएपनि अरुको घरमा काम गर्ने भएका कारण संघर्ष गर्दा गर्दै जिवनको सपना भएकाले आफुले एसइइ पास गरेकी छु । ’
सांसद चौधरीलाई हिमालय कलेजले अध्ययनको लागि अनुरोध गरेकोमा सांसद चौधरीले कानुन लिएर पढ्न स्विकार गर्नु भयो साथै आमा सँगै एसइइ उतिर्ण गरेकी छोरी पनि हिमालय कलेजमै विज्ञान विषय लिएर पढ्ने जानकारी दिनु भयो ।
कमलहरी देखि सांसद हुदाँ शिक्षाको कमिले आफुले भोगेको हण्डर ठक्कर सम्झिदै पिएचडी गर्ने चाहना रहेको बताउनु भयो र शिक्षा नै देशको विकासको मेरुडण्ड रहैको भन्दै विद्यार्थीहरुले कहिल्य हरास नखानु इमान्दरीता पुर्वक कर्य गरेमा अवश्य सफलता पाइन्छ भन्दै विद्यार्थीलाई हौसला दिनु भयो ।

 

 

प्रतिकृया