• ५ साउन २०८३, मंगलबार
  • ४:२७ बेलुका

समुदाय–प्रहरी साझेदारी कार्यक्रम भक्तपुरमा सम्पन्न

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०१:१७

भक्तपुर, समुदाय–प्रहरी साझेदारी अन्तर्गत मध्यपुर थिमीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार अपरान्ह सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अपराध नियन्त्रण तथा न्यूनीकरण सम्बन्धमा व्यापक छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख श्रेष्ठले समुदाय–प्रहरी साझेदारी कार्यक्रम संविधानको मर्म अनुसार ल्याइएको उल्लेखगर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा यस कार्यक्रमको महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । यस क्षेत्रमा प्रहरीको सक्रीयतका कारण अपराधिक घट्नाहरु बढ्न नपाएको चर्चागर्दै प्रमुख श्रेष्ठले प्रहरीसंग मिलेर कामगर्न आफु सदैव तयार रहेको बताउँनु भयो । नगरपालिकाले अपराध न्यूनिकरणका लागि बिभिन्न स्थानमा गरी चार दर्जन सिसी क्यामेरा जडान गरेको उल्लेखगर्दै प्रमुख श्रेष्ठले त्यसले पनि अपराध न्यूनिकरण र अपराधि पत्ता लगाउँन ठुलो सहयोग पुगेको बताउँनु भयो ।

Kamana Sewa

Classic Tech Desktop

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले युवाको शक्ति मुलुकको समृद्धि, अपराध नियन्त्रण तथा रोकथाममा प्रयोग होस् भने सन्दर्भमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बालबालिकालाई सामाजिक अपराधबाट जोगाउन अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा क्षेत्रीको जोड थियो ।
महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरी प्रहरीले स्रोत र साधनले भ्याससम्म सम्बन्धित सबै संग सहकार्य गरेर अघि बढेको बताउँनु भयो ।

कार्यक्रममा रोट्रयाट क्लव अफ मध्यपुरका अध्यक्ष अनिता तकोले स्वागत मन्तव्य तथा शान्ति युवा समूहका अध्यक्ष राजिव प्रजापतीले धन्यबाद ज्ञापन गर्नुभएको थियो । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले आयोजना गरेको कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्थानीय युवा क्लवका पदाधिकारी, टोल सुधार समितिका पदाधिकारी, सञ्चारकर्मी र प्रहरी अधिकृतहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।

प्रतिकृया