• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

फेरि सर्‍यो नेकपा सचिवालयको बैठक

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०१:२२

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । स्कूल विभागको नेतृत्वबारे छलफल गर्न भन्दै आजका लागि बोलाइएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि स्थगित भएको हो ।

आइतबार दिउँसो ३ बजे बस्ने भनिएको सचिवालय बैठक सोमबार दिउँसो तीन बजे बस्ने गरी सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । पूर्व माओवादीले स्कुल विभागमा पोखरेललाई स्वीकार गर्न नसकिने अडान राखेको छ ।

Kamana Sewa

प्रतिकृया