• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

ग्याङ्फाइटः एक जनाको मृत्यु, २ घाइते

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०१:५२

झापा, झापा दमक नगरपालिका—१ दुर्गा मन्दिर पछाडी १७/१८ जनाको समुहले ३ जनालाई कुटपिट गर्दा एकजनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । बुधबार दिउसो पौने ४ बजेतिर ती व्यक्तिहरुले कुटपिट गरी घाइते बनाएका थिए । उनीहरुले हातमा लगाउने नक र रड जस्ता हतियारहरु प्रयोग गरी उनीहरुलाई कुटेका थिए ।

दमक नगरपालिका—३ बस्ने १८ वर्षीय कुशल मगर, १८वर्षीय अभिषेक राई र १७ वर्षीय रोहित लगायत १७/१८ जनाको समुहले कुटपिट गरी घाइते बनाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । मृत्यु हुनेमा दमक नगरपालिका—२ बस्ने १८ वर्षीय बिक्रम लिम्बु रहेका छन् । उनको घाँटीको अगाडी पट्टी छुरा प्रहार भएको थियो । उनको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय सुजन भुजेल र १८ वर्षकै सरोज भण्डारी रहेका छन् । सुजनको लाईफ लाईन अस्पतालमा र सरोजको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

Kamana Sewa

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा टोली खटि गई कुटपिट गर्ने कुशल मगरलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको सयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा तत्कालै घटनामा संलग्न भनिएका ९ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरीरहेको प्रहरी जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया