• २ असोज २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०८:२१

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् । कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन् ।

National Life

दक्षिण कोरियाले युरोपियन ९ईयू० कै कालोसूचीका कारण नेपालको वाइडबडीले आफ्नो मुलुकमा प्रवेश नपाएको जनाएको छ । नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाउनुको मुख्य कारण ईयूको कालोसूची भएको उसको भनाइ छ ।

ईयूले हवाई सुरक्षामा सुधार गर्न लगातार भइरहेको असफलताबारे प्रश्न उठाउँदै गत वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ वटा प्रश्न सोधेको थियो। ईयूको लगातार प्रतिबन्धले उसको संगठनभित्रका २८ देशमा नेपाली जहाज उड्न पाउँदैनन् ।
(विकास थापा र राजु बास्कोटा)

Classic Tech Mobile
Classic Tech Desktop

अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया