• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

साना कुरालाई उचालेर सदन अवरुद्ध गर्नु राम्रो होइन : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०८:११

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले साना कुराहरुलाई उचालेर सदन अवरुद्ध गर्ने कुरा राम्रो नभएको बताउनु भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सवै दलहरु बसेर मृतकलाई क्षतीपूर्ती पाँच पाँच लाख दिने, सहिद घोषणा गर्ने, परिवारलाई रोजगार दिने लगायतका १५ बुँदे सहमति गरेको पनि उहाले स्पष्ट पार्नुभयो । प्रतिपक्षी दलले सर्लाहीका कुमार पौडेलको हत्या तथा बालक डुवेर भएको मृत्यु, त्यहाँ भएको आन्दोलन जोडेर संसदिय समिति बनाउने प्रस्ताव गरेको र त्यसमा राज्य व्यवस्था समितिले छानविन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको जानकारी गराउनु भयो ।

सांसद बस्नेतले आफु सत्तामा हुँदा कुनै पनि काममा कानमा तेल हालेर बस्ने अनि अरु सत्तामा हुँदा आगोमा घ्यु लगाउने प्रवृक्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो भनाई राख्दै सरकारले देशमा भएका विभिन्न प्रकारका समस्यालाई समाधान गर्न तदारुकताका साथ अघि बढिरहेको बताउनु भयो ।

Kamana Sewa

उहाले अविरल वर्षाका कारण देशमा भएको विपद्लाई व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएर राज्यका सवै सम्यन्त्रहरु उद्धार तथा राहतमा परिचालन गरीएको जानकारी गराउनु भयो । नदिमा तटवन्ध बनाउने कुरालाई व्यवस्थित ढंगले लैजानुपर्ने, अतिक्रमणलाई रोक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरलाई नै उदाहरणको रुपमा हेर्ने हो भने हनुमन्ते नदीमा निर्माण भइरहेको करिडोरका कारण बाढीबाट मुक्त हुन सफल भयो । त्यसैले राज्यले ५०र६० अर्व जति रकम लागे पनि खर्च गरी टतवन्ध बनाउनुपर्ने उहाको भनाई छ ।

Classic Tech Desktop

प्रतिकृया