रोजगारीका लागि जापान जाने परीक्षा कात्तिकको दोस्रो साता हुने
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०५:३३
काठमाडौं, जापानमा रोजगारीका लागि जाने नेपाली कामदारको भाषा परीक्षा ११ र १२ गते हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी कात्तिक दोस्रो साता भाषा दक्षता परीक्षा सञ्चालन गर्ने बताएको हो ।
भाषा परीक्षाणमा उत्तिर्णहरुका लागि कात्तिकको २१ र २२ मा सिप परीक्षण गरिने छ । जापान सरकारसँग भएको सम्झौता अुनसार पहिलो चरणमा कियर गिभरका लागि नर्सिङ जनशक्ति जाने बताइएको छ ,तर, संख्या भने एकिन भइनसेको बताइएको छ ।

भाषा र सिप परीक्षाको मिति तय भएपनि ईच्छुक कामदारको आवेदन खुला गर्ने मिति, आवेदनको प्रकृया र लागत लगायतका विषयहरु भने अझै टुंगो लाग्न बाँकी रहेको छ । यी विषयहरुको टुंगो लगाउन नेपाल र जापान सरकारबीच सहसचिव स्तरको समितिले काम गरिरहेको मन्त्रालयको भनाइ छ ।

एसियाका ९ देशबाट कामदार लैजान सहमति गरेको जापानले हालसम्म नेपालसहित तीन देशका मात्र कामदार लैजाने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको भनाइ छ । सम्झौता अनुसार विभिन्न १४ क्षेत्रमा कामदार
लैजाने भएपनि पहिलो चरणमा नेपालबाट एउटा क्षेत्रमा मात्रै कामदार जान पाउने छन् तर कति जनशक्ति जापान जाने भन्ने एकिन नभएको बताइएको छ ।




प्रतिकृया