• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल सिजन २’ हुने

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०५:१७

काठमाडौं, बाल गायक प्रितम आचार्य र आयुष केसीले संयुक्त रुपमा सुरशाला म्युजिक एकेडेमीले आयोजना गर्न लाएको राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल सिजन २’ को घोषणा गरेका छन्। सुरशाला म्युजिक एकेडेमीले आइतबार झम्शिखेल ललितपुरमा आयोजना गरेको ‘प्रितम आयुष सम्मान’ कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो।

‘सुरशाला जुनियर आयडल सिजन २’ का बिजेता र उपबिजेता भई हालै भारतमा सम्पन्न सन २०१९ को सारेगमपा लिटल च्याम्प्सका फाईनलिस्ट सिन्धुपाल्चोक घर भई हाल भक्तपुर बस्ने आयुष केसी र इटहरीका प्रितम आचार्य लाई एक भव्य समारोहबीच वरिष्ठ उद्यमी डा। उपेन्द्र महतो र उहाँकी धर्मपत्नि समता महतो, उद्यमी विकास राणा, एवम सुरशाला म्युजिक एकेडेमीका अध्यक्ष गायक तथा संगीतकार अमृत क्षेत्रि र संगीता क्षेत्रिले कदरपत्र सहित सम्मान गरेका थिए।

Kamana Sewa

प्रतिकृया