कोरियामा कमाएको रकम वैधानिक च्यानलबाट आउने क्रम २ सय प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०५:०२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कोरियामा वैदेशिक रोजगारीका लागि गएका नेपालीले पठाउने रकम वैधानिक च्यानलबाट आउने क्रम दुई सय प्रतिशतले बढेको बताउनु भएको छ । दक्षिण कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका र कोरिया रिटर्न नेपालीको सफलतामा सहयोग विषयक कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री विष्टले उक्त जानकारी दिनु भएको हो ।
‘सन् २०१७ मा जम्मा ५ अर्ब मात्रै बैंकिङ च्यानलबाट आएकोमा अहिले यो बढेर साढे १६ अर्ब रुपैयाँ वैधानिक च्यानलबाट नेपाल भित्रिएको छ’, मन्त्री विष्टले कार्यक्रममा भने, ‘एकै वर्षमा हामीले झण्डै साढे २ सय प्रतिशत वैधानिक च्यानलबाट आम्दानी नेपाल ल्याउन सफल भएका छौँ ।’

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ठूलो हिस्सा अदक्ष भएकाले जोखिमपूर्ण काम गर्नुपरिरहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिइरहेको जानकारी दिनु भयो । उनले सीपयुक्त जनशक्ति कोरिया जाँदा औद्योगिक, प्रविधि विकासमा उचाइमा पुगेको देश भएकाले कोरियामा जाने नेपालीको सीप अझै परिष्कृत बनाउने उहाँले बताउनु भयो । कोरियामा गएर काम गर्ने अवधि सकिएपछि नलुकी नेपाल फर्किन आग्रह गरे। उनले नेपालीहरु असल र इमानदार हुने सन्देश दिन कोरियामा गएका नेपाली युवालाई मन्त्री विष्टले आग्रह गर्नु भएको छ ।





प्रतिकृया