आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको घुईचो
प्रकाशित मिति
२०७६ श्रावण ६ गते, सोमबार ०८:१८
काठमाडौं, साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमबार आज भगवान् शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको आज शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पशुपति दर्शनका लागि बिहानैदेखि ठुलो संख्यमा सर्वसाधारण पूजाअर्चनाका लागि पुगेका छन् । साउनको आज व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
उता देवघाट प्रवेश गर्ने दुवै क्षेत्र आँपटारी र रामनगरमा आवतजावतका लागि सडक यातायात सहज बनाइएको छ। देवघाको वेणीमा पुग्न पुलको प्रयोग गर्दा लाइनमा बसेर सोतर्फ जाने व्यवस्था मिलाइएको छ।त्रिशुलीमा पानीको बहाव तेज भएकोले यो समय डुंगाको प्रयोग सहज मानिँदैन। त्यसकारण पनि देवघाटको वेणी क्षेत्र पुग्न झोलुंगे पुलमा पुग्न एक पटकमा सीमित व्यक्तिलाई मात्रै आवातजावत गर्ने व्यवस्था मिलाइएको छ।





प्रतिकृया