स्व. गायक थापा मगरको सम्झना विशेष कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ श्रावण ६ गते, सोमबार ०८:०९
काठमाडौंः नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना गरी विशेष कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व। थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरी गायक स्व। थापाको स्मृति कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कारसहित सम्मान गरेकी थिइन्। गायिका घर्ती मगरले करिब ५ सयजति लोक तथा आधुनिक गीतहरु गाएको कार्यक्रममा जानकारी गराइएको थियो ।
गायक स्व. अरुण थापाको सम्झना गर्दै कार्यक्रममा उनले गाएका गीतहरु कार्यक्रममा सहभागी अन्य गायकहरुले गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् ।





प्रतिकृया