• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

मनसुन तीन दिनसम्म सक्रिय हुने

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०७:५२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

Kamana Sewa

प्रतिकृया