• ३ असोज २०८३, शनिबार
  • १०ः३८ बिहान

आज देखि मनसुनी गतिविधि बढ्दै

प्रकाशित मिति

२०७६ श्रावण ४ गते, शनिबार ०७:१२

आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी पर्न थालेको छ। ‘आज पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘विशेष गरी पहाडी क्षेत्रमा बाढीपहिरोको पनि जोखिम देखिन्छ।’

National Life

उनका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिन थालेकाले नेपालमा मौसम बदली र पानी पर्ने क्रम बढेको हो। महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा केही दिनअघि नेपालबाट दक्षिण सरेर भारतमा रहेकाले मनसुनी गतिविधि कम सक्रिय अवस्थामा छ।

प्रतिकृया