• ३ असोज २०८३, शनिबार
  • ६ः३० बेलुका

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने

प्रकाशित मिति

२०७६ श्रावण ४ गते, शनिबार ०७:१८

सरकारले अनुदान तथा सहुलियत ऋणमा लाइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ ई)को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ । सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो । कूल ऋणमध्ये बुझाउन बाँकी ३४ करोड रुपैयाँ नबुझाउने निर्णय निगमले गरेको छ ।
दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भएपनि जहाज गरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो ।

National Life

(सुरज कुँवर)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया