• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

बस र भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु,१८ जना घाइते

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार १२:४५

विराटनगर, पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान एकापसमा जुधेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल र केहीलाई विराटनगर ल्याइएको छ । ग्रामीण भेगमा चल्ने उक्त बसमा बालबालिका, वृद्ध वृद्धा र महिलासहित ३५ बढी यात्रु रहेको प्रहरीले जनाएको छ । यस्तै, पिकअपमा चालक मात्रै सवार रहेका थिए । मृतक र घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । मृतकको संख्या बढन सक्ने तर अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

Kamana Sewa

प्रतिकृया