• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

सरकारको लक्ष्य पूरा हुने गरी काम गर्न सबै निकायलाई मन्त्री बाँस्कोटाको निर्देशन

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार १२:५१

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको लक्ष्य पूरा हुने गरी काम गर्न सबै निकायलाई निर्देशन दिनु भएको छ । बुधबार आर्थिक वर्षको एकीकृत कार्य योजना सार्वजनिक गर्दै मन्त्री बास्कोटाले देश र जनताप्रति उत्तरदायी भई सरकारको घोषित सबै लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायका कर्मचारीलाई निर्देशन दिनु भएको हो।

National Life

मन्त्री बांस्कोटाले एउटा निकायले मात्र पनि गल्ति गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ सचेत रहन कर्मचारीहरुलाई आग्रह गर्नु भएको छ । मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रतिकृया