• २२ भदौ २०८३, सोमबार
  • १२ः५५ राती

काबुलमा शक्तिशाली विस्फोटमा परी ३४ को मृत्यु,६८ जना घाइते

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०४:०६

आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।बीबीसीका अनुसार तालिबान आतंककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको बताएको छ ।

National Life

सुरुमा आतंककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको र पछि निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको बताइएको छ ।आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका छन् ।

घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने पनि आशंका गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया