• २२ भदौ २०८३, सोमबार
  • १२ः५५ राती

भ्रष्टाचारको आरोप लागेका सशस्त्रका पूर्व चार आईजीपीसहित सबै आरोपितले पाए सफाई

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०४:१८

विशेष अदालतले सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) सहित अन्य अधिकारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारको आरोपलाई ‘स्थापित हुन नसक्ने’ ठहर गर्दै सफाइ दिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल माघ १८ गते सशस्त्र प्रहरी बलका निलम्बित महानिरिक्षक कोषराज वन्त सहित ११ जना अधिकारी विरुद्ध ६ करोड ७९ लाख रुपैंया विगो मागदावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

National Life

उनीहरुलाई बलको मुख्यालयबाट विभिन्न युनिटमा सामान ढुवानी गरेको विवरण देखाई फर्जी विल तयार गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलगायत सम्पूर्ण आरोपितहरुलाई सफाइ दिएको हो ।

 

Classic Tech Desktop

प्रतिकृया