• ३ भदौ २०८३, बिहीबार
  • ५:५२ बिहान

संघीय ढाँचाको संरचना बनाउने कांग्रेसको तयारी

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०६:५०

कांग्रेस संघीय ढाँचाअनुसार वडादेखि प्रदेशसम्मको पार्टी संरचना गठन गर्ने तयारीमा जुटेको छ । अधिवेशन नहुञ्जेल अन्तरिम अवधिका लागि वडा, क्षेत्र, गाउँ, नगर र प्रदेश संरचना बनाउन लागिएको हो । नयाँ संरचनामा पदाधिकारी अधिवेशनबाट छान्ने कि मनोनयन गर्ने भन्ने विषयमा भने नेताहरुबीच विवाद कायमै रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको चाहना मनोनयनतर्फ देखीएको छ । छोटो अवधिको कार्यसमितिका लागि मुलुकभर कार्यकर्तालाई विभाजित बनाउन नहुने तर्क सभापति देउवा र उनी पक्षीय नेताहरुले गर्दै आएका छन् । विधानले पार्टीको जुनसुकै तहको चयन निर्वाचनबाट हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

Kamana Sewa

कान्तिपुर दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया