• ३ भदौ २०८३, बिहीबार
  • ६:५५ बिहान

चट्याङको कारण ६ को ज्यान गयो

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०६:४२

बुटवलः रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको ज्यान गएको छ । मंगलबार हिजो परेको पानीसंगै आएको चट्याङ लागेर रुपन्देहीमा ३ र दाङमा ३ गरी ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देही सैनामैना(७, आमीका ६२ वर्षीय चन्द्र बहादुर बिक, कञ्चन गाउँपालिका(२ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका(७ वर्गदैया बस्ने राम जित लोधका २५ वर्षीका छोरा भागवत दास लोध रहेका छन् भने दाङको राप्ती गाउँपालिका(३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया