एसओएस वालग्राम सानोठिमीकी आमा सहित शिक्षक र कर्मचारी सम्मानित
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार ०६:४०
भक्तपुर, अभिभावक गुमाएर एसओएस वालग्राम सानोठिमीमा आश्रीत वालवालिकाको स्याहारसुसार गर्दै गुणस्तरीय शिक्षा दिन आफ्नो जीवनको तीनदशकभन्दा बढी समय समर्पित गर्ने दुईजना आमा सहित शिक्षक र कर्मचारी गरी १७ जनालाई शनिबार दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको छ । अभिभावक गुमाएका र गुमाउन सक्ने जोखिममा रहेका वालवालिकाको लागि ‘मायालु घर’ को रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्रामको ७० औं स्थापना दिवस तथा यसका संस्थापक प्रा.डा. हर्मन माइनरको शताब्दिऔं (१००वर्ष) जन्मजयन्तीको अवसरमा दीर्घसेवी कर्मचारीलाई सम्मानित गरिएको हो ।एसओएस वालग्राम सानोठिमीले आयोजना गरेको कार्यक्रममा सानोठिमी वालग्रामको १६ वटा पारिवारिक घरमध्ये शिशु निकेतन घरकी आमा गोमा गुरुंग र लालीगुराँस घरकी आमा लक्ष्मी घिमिरेलाई वालग्राममा ३१ वर्ष सेवा गरेवापत सम्मान गरिएको थियो । शनिबार सम्मानित हुनेहरु सबैले वालग्राम र वालग्रामद्वारा सञ्चालित हर्मन माइनर स्कुलमा कम्तीमा पनि २५ वर्ष सेवा गरेका छन् ।
यसैगरि २५ वर्षभन्दा बढी सेवा गरेका वालग्रामद्वारा सानोठिमीमा सञ्चालित हर्मन माइनर स्कुलका गणित विषयका शिक्षक वीरेन्द्र भण्डारी र नेपाली भाषाका गुरु कपिलमणी ज्ञवाली, पुर्ण चौधरी र विन्दु खनाल, सोही विद्यालयका वरिष्ठ सचिव लव पोखरेल र वरिष्ठ लेखा अधिकृत लेखनाथ पोखरेल छन भने आयोजना निर्देशकहरुमध्ये एसओएस युवाग्राम कोटेश्वरका योजना निर्देशक कविन्द्र शाह र सानोठिमी वालग्रामका वित्त सहनिर्देशक वीरेन्द्र श्रेष्ठ छन । यसैगरि अन्य कर्मचारीहरुमा सानोठिमी वालग्रामका सहयोगी लक्ष्मी सुवेदी, पुर्ण चौधरी, चालक मोहन थापा र नानी खड्का छन् ।





प्रतिकृया