• १३ असोज २०८३, मंगलबार
  • १२ः२६ राती

कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार ०४:५३

११ असार २०८३ काठमाडौं – शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजामा देखिएको त्रुटि र अस्वाभाविक परिणामबारे थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ), परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ।

National Life

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका छन्। उनीहरूले नतिजामा त्रुटि भएको दाबी गर्दै पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) शुल्क अत्यधिक महँगो तथा अव्यवहारिक रहेको बताएका छन्।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७११ जना विद्यार्थी ‘नन–ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका थिए। नतिजापछि उठेका प्रश्न र गुनासोको अध्ययन गरी वास्तविक अवस्था पत्ता लगाउन मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया