• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

मोटरसाइकलबाट खस्दा एक को मृत्यु

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०६:२९

अर्घाखाँची, अर्घाखाँचीमा गुडिरहेको मोटरसाइकलबाट खस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाणिनी गाउँपालिका वार्ड नं. ३ खिदिम निवासी ४२ वर्षीय सुशीला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट एक्कासि बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो । मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

Kamana Sewa

प्रतिकृया