• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

रामेछाप बस दुर्घटना : २ को मृत्यु, २० घाइते

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०१:४४

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको बस बिहीबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने, दुर्घटनामा २० जना घाइते छन् । मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् । दुवैजनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते मध्ये ७ जनाको अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट यात्रु बोकेर लखनपुरको रिठ्ठे जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

Kamana Sewa

दुर्घटनामा लखनपुरकी स्वास्थ्य स्वयंसेविका कमला गौतम, तीर्थप्रसाद गौतम, गंगा गौतम र गंगाप्रसाद चौलागाई लगायत गम्भिर घाइतेलाई एम्बुलेन्स र अनरिको यातायातकै अर्को बसमार्फत धुलिखेल अस्पतालतर्फ पठाइएको थियो ।

Classic Tech Desktop

उक्त बसमा शुक्रबार देखि कालिका मावि लखनपुरमा शुरु हुने दन्तशिविरका लागि केही चिकित्सक सहित थिए । दुर्घटनामा परेको बसका चालक फरार रहेका छन् ।

प्रतिकृया