• ५ साउन २०८३, मंगलबार
  • ८:२२ बिहान

गर्मीमा खानेकुरामा सचेत बन्नुहोस, स्वस्थ रहनुहोस

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १२:११

गौरब निरौला ।
काठमाडौँ । राजधानी लगायत आसपासमा गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने व्यवसायी पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।

वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोेगले मानिसलाई निकै आकर्षित गर्ने गरेको छ । पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ।

Kamana Sewa

त्यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने गरेको छ ।

Classic Tech Desktop

अहिले अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको छ । बाहिर सडकमा राखिएका खानेकुरा बासी, सडेगलेका तथा झिङ्गा भन्किएका फोहर पानी अनि फोहरी हातबाट बनाइएका खानेकुरा खाँदा झाडापखालाले मानिसलाई सताउने गरेको चिकित्सकको भनाइ छ ।
खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि यो मौसममा रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हँुदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ । यसै पनि काठमाडौँ उपत्यका हैजा र झाडाबान्ताको उच्च जोखिमयुक्त ठाउँ हो । उपत्यकामा हैजा र झाडापखाला फैलिनाका पछाडि जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अज्ञानताजस्ता कारण रहेका छन् ।

प्रतिकृया