• ५ साउन २०८३, मंगलबार
  • ८:३६ बिहान

छुट्टा छुट्टै २ स्थानमा करेन्ट लागेर २ युवायुवतीको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १२:१६

छुट्टा छुट्टै २ स्थानमा करेन्ट लागेर २ युवायुवतीको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका—१ मा आज बिहानै आफ्नै घरमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर २५ वर्षिया खुस्बुदेवी साहको मृत्यु भएको हो ।

Kamana Sewa

करेन्ट लागेर अशत्त भएकी साहको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Classic Tech Desktop

त्यस्तै झापा दमक नगरपालिका—३ बेतनी खोलामा हिजो साँझ विजुलीको तारमा हुक लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ३५ वर्षिय सुर्य धिमालको मृत्यु भएको छ ।

करेन्ट लागेर अचेत भएका धिमाललाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिकृया