युरोकप छनोट : जर्मनी र इट्लीको सहज जित ,फ्रान्स टर्कीसँग पराजित
प्रकाशित मिति
२०७६ जेष्ठ २६ गते, आईतवार ०८:५८
गौरब ।
युरोकप छनोट अन्तर्गत समुह चरणको खेलमा जर्मनी र इटली विजयी हुँदा विश्व विजेता फ्रान्स भने टर्कीसँग पराजित भएको छ ।
गएराति भएको खेलमा जर्मनले बेलारुसलाई दुई शुन्यले हरायो । जर्मनकीको जीतमा साने र मार्कुस रिउसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा सानेको गोलबाट अग्रता बनाएको जर्मनीले ६२ औं मिनेटमा रिउसको गोल मार्फत अन्तर दुई शुन्यमा पुर्यायो । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र जर्मनीले दुई शुन्यको जित निकाल्यो ।
अर्को खेलमा इटलीले पूर्व च्याम्पियन ग्रिसलाई तीन शुन्यले पाखा लगायो । इटलीको जितमा बारेला, इन्सिग्नी र बोनुसीले एक एक गोल गरे । उसले तीनै गोल पहिलो हाफमा गरेको थियो ।
यता विश्व च्याम्पियन फ्रान्स भने टर्कीसँग दुई शुन्यले स्तब्ध भयो । निकै रोमाञ्चक बनेको खेलमा टर्कीका लागि ३० औं मिनेटमा आह्यान र ४० औं मिनेटमा अन्डेरले गोल गरेका थिए ।






प्रतिकृया