विश्वकप क्रिकेट : बंगलादेश बिरुद्ध इंग्ल्याण्ड १०६ रनले विजयी
प्रकाशित मिति
२०७६ जेष्ठ २६ गते, आईतवार ०९:०२
गौरब निरौला । आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्याण्डले दोस्रो जित निकालेको छ । आज भएको खेलमा उसले बंगलादेशलाई एक सय ६ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदा तीन सय ८६ रन बनायो । उत्कृष्ट सुरुवात गरेको इंग्ल्याण्डले पहिलो विकेटका लागि एक सय २८ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर जोनी ब्रेस्टो ५१ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि जोय रुट र जेसोन रोयले ७७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।
इंग्ल्याण्डका लागि जोस बटलरले ६४ रन बनाए भने कप्तान इयोन मोर्गनले ३५ रन जोडे । यस्तै जेसोन रोयले एक सय ५३ रनको उत्कृष्ट पारी खेले । उनले एक सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरेका थिए ।
अन्तिममा क्रिस ओक्सले १८ तथा लाम पुल्किटले २७ रन बनाए । बलिङमा बंगलादेशका मोहम्मद सैफुदिन र मेहदी हसन मिराजले दुई दुई विकेट लिए ।
जवाफमा बंगलादेश ४८ ओभर ५ बलमा दुई सय ८० रनमा अलआउट भयो ।
उसका लागि सकिव अल हसनले सतक प्रहार गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् । सुरुवात राम्रो गर्न नसकेको बंगलादेशले आठ रनमा पहिलो विकेट गुमायो । तर दोस्रो विकेटका लागि तमिम इक्वाल र सकिव अल हसन विच अर्धशतकीय साझेदारी गरेका थिए ।
त्यसपछि मुस्फिकुर रहिम र सकिव विच पनि एक सय तीन रनको साझेदारी भएको थियो । मुस्फिकुरले ४४ रन बनाए भने सकिवले एक सय २१ रन बनाए । जसमा उनले एक सय १९ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै उसका महमुदुल्लाहले २८ र मोसादेक हुसेनले २६ रन बनाए । तर बाँकि खेलाडी सस्तैमा आउट भए ।
जितसँगै इंग्ल्याण्डले तीन खेलमा चार अंक बनाएको छ । उसले तीन खेलमा दुईमा जित र हार ब्यहोरेको छ । यता बंगलादेशको यो प्रतियोगितामा दोस्रो हार हो ।




प्रतिकृया