• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

विश्वकपमा आज इण्डिज र अष्ट्रेलिया भिडदै

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १२:२८

गौरब ।
आईसीसी विश्वकपमा आज अष्ट्रेलिया र वेष्ट इण्डिजवीच प्रतिष्पर्धा हुँदैछ । पहिलो खेलमा जित हात पारेका यी दुबै टोलीले शतकप्रतिशत जित निकाल्दै प्रतियोगितामा आफ्नो सशक्त दाबेदारीता प्रस्तुत गर्न चाहन्छ । दुई पटकको च्याम्पियन वेष्ट इण्डिज पनि उपाधिको लामो खडेरी अन्त्य गर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो । वेष्ट इण्डिजले भने पाकिस्तानमाथि सात विकेटकै जित निकालेको थियो । प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानविरुद्धको जितका कारण अष्ट्रेलियामा ठूलो आत्मविश्वास भने आएको छैन । वेष्ट इण्डिजका क्षमतावान बलर अष्ट्रेलियाका लागि चुनौति हुनेछ ।

Kamana Sewa

वेष्ट इण्डिजसँग सतर्क रहनुपर्छ– पूर्व कप्तान स्टिभ 

Classic Tech Desktop

अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ वाले इण्डिजविरुद्ध खेल्दा आफ्नो टिमलाई संयमित भएर खेल्न सतर्क गराएका छन् । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई उपाधि रक्षा गर्ने चुनौति छ । आज डिफेन्डिङ च्याम्पियनको विपक्षमा यस्तो टिम छ, जसले ४०० भन्दा माथि रन पनि सहजै बनाउन सक्ने क्षमता राख्छ भने बलिङतर्फ पनि इंग्ल्याण्डको पीचमा राम्रो खेल्न सक्ने खेलाडी छन् । उनीहरुले आफ्नो बलिङ क्षमता पाकिस्तानविरुद्धको खेलमा नै देखाइसकेको छ ।

ब्याटिङमा पनि क्रिश गेलको विस्फोटक ब्याटिङ, शाई होपको संयमित प्रदर्शन र प्रशस्त अलराउण्डरका कारण इण्डिज टिम बलियो स्थितीमा छ ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथ र डेविड वार्नरको प्रदर्शन मुख्य रहनेछ । उनीहरुसँगै एरोन फिन्च पनि राम्रो फर्ममा रहन अष्ट्रेलियाको तागत हुनेछ ।

बलिङतर्फ प्याट कमिन्स, युवा बलर एडम जाम्पा, तीब्र गतिका बलर मिचेल स्टार्क जस्ता खेलाडी अष्ट्रेलियाको हतियार हुनेछन् ।

प्रतिकृया