• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

लागूऔषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १२:१७

बाँके,
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनालको अध्यक्षतामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम नेपालगंजको कोहलपुरमा बुधबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्र काठमाडौंको संयुक्त आयोजना र अग्रसरतामा सम्पन्न उक्त जनचेतनामुलक कार्यक्रममा कोहलपुरस्थित लक्ष्मी माध्यामिक विद्यालय, कृष्ण माध्यामिक विद्यालय, जन ज्ञान ज्योती माध्यामिक विद्यालय, ज्ञान ज्योती माध्यामिक विद्यालय, सिद्धार्थ माध्यामिक विद्यालय र सगरमाथा ज्ञान कुञ्जका विद्यार्थीहरु, नागरिक समाज, मानव अधिकारकर्मी तथा स्थानीय महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Kamana Sewa

कार्यक्रममा प्रहरी निरीक्षक पुर्णिमा चन्दले घरेलु हिंसा, यौनजन्य हिंसा, मानव बेचबिखन, साइबर अपराध, बालविवाह लगायतका विषयमा, मनोविमर्शकर्ता विपिन थापाले लागूऔषध दुर्व्यसन र प्रहरी सहायक निरीक्षक योगेन्द्र रेग्मीले ट्राफिक सचेतना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

Classic Tech Desktop

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिकृया