• २ असोज २०८३, शुक्रबार
  • ३ः०२ दिउँसो

चीनले अमेरिकी सामानमाथि उठाउन थाल्यो थप भन्सार कर

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १०:३२

चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ ।

National Life

घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ ।

यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया