• २१ असोज २०८३, बुधबार
  • १२ः१० दिउँसो

स्व. मन्त्री अधिकारीको स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १०:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व।पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा सम्बोधन गरेका छन ।

National Life

आज पोखरामा स्व। मन्त्री अधिकारीको स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको बताए ।

उनले भने, ‘वाइडबडी काण्डमा उहाँको नाम बद्नाम गर्ने काम भयो । मैले उहाँ त्यसमामिलामा निर्दोष हुनुहुन्छ भन्दा एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई यो कुराले साह्रै पोलेछ । उहाँ वास्तवमै निर्दोष हुनुहुन्छ ।’ ‘केही पूर्वाग्रही, छुद्र मानसिकताका असभ्य र भुइँफुट्टा मान्छेहरु, केही भुइँफुट्टा संस्थाहरु नेकपाका मन्त्री जोगाउन यस्तो भन्न भएन भनिरहेका छन् रु’ उनले भने, ‘अदालतले निर्णय नगरेको कुरामा दोषी छ भन्ने पाइने, मनपरी भन्न पाइने, निर्दोष भन्ने नपाइने रु को हुन् ती न्यायाधीश रु’

Classic Tech Mobile
Classic Tech Desktop

उनले रवीन्द्र अधिकारी स्वच्छ आचरण र छवि भएको तथा कर्मठ र क्रियाशील नेता भएको बताउदै उनले भने, पार्टीका निर्णयविरुद्ध, पार्टीको नीतिविरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नफाल्ने नेता हो ।, ‘विरोधीले उचाल्दिन्छन्, बेलुन बनाएर फुकेर ठूलो बनाइदिन्छन् अनि त्यसैमा कुद्नेहरु पनि छन् । त्यो रोग रवीन्द्र अधिकारीमा थिएन ।’ ‘जबसम्म उहाँ जिउँदै हुनुहुन्थ्यो, कसैको आँखामा आँसु देखाउनु भएन । उहाँको निधनपछि हामी सबैको आँखामा आँसु आए ।’

प्रतिकृया